Friday 1st of May 2026

Arabic

This site is under construction. We will go live soon…. Thanks for visiting

युनिभर्सल हाईजेनिक फुड सर्टिफिकेशन रिसर्च काउन्सील लिमिटेड

Universal Hygienic Food Certification Research Council Ltd.

(युएचएफ सर्टिफिकेशन काउन्सील) UHF Certification Council
पृष्ठभूमी ः

कृषि प्रधान देशमा आधुनिक कृषि प्रणालीको विकासमा खाद्य उत्पादन गुणस्तर वृद्धि आजको आवश्यकता हो । आम उपभोक्ताको खाद्य अधिकार र जनस्वास्थ्यसंग प्रत्येक्ष सरोकार रहेको खाद्य वस्तुको गुणस्तर वृद्धिले उपभोक्ताले स्वस्थकर खाद्यवस्तुहरु उपभोग गर्न र विश्वबजारमा समेत ढुक्क संग निर्यात गर्न सघाउनँ पुग्छ । यसले स्वदेशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ ।
आम उपभोक्ता तथा विश्व बजारमा स्वस्थकर, गुणस्तर प्रमाणित खाद्य वस्तुहरुको माग बढ्दै गएको छ । स्वदेशमा उत्पादित गुणस्तरीय खाद्य वस्तुहरु उपभोक्तालाई उपलब्ध गराउनु र अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय स्वदेशी उत्पादनको बलियो उपस्थिती जनाउँदै विश्व समूदायमा गुणस्तरीय स्वस्थकर खाद्य वस्तुको सन्देश फैलाउनु उत्पादक र बिक्रेताहरुको प्रमुख कार्य मध्ये पर्दछ । सम्बन्धीत निकाय, संस्था, कम्पनी, विज्ञहरु लगायत अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, समूहहरुसंग सहकार्य एवं हातेमालो गरी सक्रिय रुपमा अगाडी बढ्ने संस्थाको आवश्यकता भएकोले यस कम्पनीको स्थापना भएको छ ।
यस क्षेत्रका दक्ष, विज्ञहरुको सल्लाह, सुझाव र वहाँहरुको अनुभवलाई समेट्दै विषेश रुपमा धर्तीका शोभायमान समस्त बुद्धपुरुषहरुले मानव जीवन र आहार विहार सम्बन्धमा प्रतिपादन गर्नु भएका सन्तुलित आहार प्रणालीलाई आत्मसात गर्दै कार्य क्षेत्रमा अगाडी बढ्ने प्रण गरेका छौं ।
युनिर्भसल हाईजेनिक फुड सर्टिफिकेशन काउन्सील (युएचएफ सर्टिफिकेशन काउन्सील) लिमिटेडले सम्बन्धीत निकाय, सरोकारवाला र उपभोक्ताहरुको सहभागीतामा समयसापेक्ष खाद्यचेतना जागरण, बजार अनुगमन, उत्पादन र गुणस्तरीयतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार चेकजाँच र गुणस्तर प्रमाणित जस्ता विविध कार्यहरु सञ्चालन गर्नेछ ।
परिचय ः
मानिसलाई स्वस्थ स्वास्थ्य, सुख, शान्ति र समृद्धशाली बनाउनमा खानेकुराको महत्वपूर्ण भूमिका भएकोले उपभोक्ताको खाद्य अधिकार सुरक्षा र मानव स्वास्थ्यका लागि स्वच्छ, सफा, ताजा, स्वस्थकर, गुणस्तरीय, शुद्ध शाकाहारी एवं हाईजेनिक खाना उपलब्ध गराउन एक स—शक्त संस्थाको आवश्यकता अनुसार अन्तराष्ट्रिय स्तरका लागि यस युनिर्भसल हाईजेनिक फुड सर्टिफिकेशन काउन्सील (युएचएफ सर्टिफिकेशन काउन्सील) को स्थापना भएको हो ।
युएचएफ सर्टिफिकेशन काउन्सीलले बजारमा रहेका बिभिन्न खाद्यउद्योग तथा खाद्यवस्तुहरु मध्येका योग्य खाद्य र अखाद्य वस्तुहरुका विषयमा आम उपभोक्ताहरुमा खाद्यचेतना जागृत गर्दै कृषि, खाद्य उद्योग र खाद्यवस्तुहरुको गुणस्तर निरीक्षण तथा परिक्षण गरी उपभोग्य खाद्यवस्तुको वैज्ञानिक प्रविधिद्धारा अन्तराष्ट्रिय मापदण्डअनुसार गुणस्तर प्रमाणित गर्ने कार्य गरिरहेको छ ।
यस हाईजेनिक गुणस्तर प्रमाणिकरण कम्पनी तथा समूहले संयुक्त रुपमा खाद्य गुणस्तर सम्बन्धी ४ प्रकारका प्रमाणपत्रहरु प्रदान गर्नेछ ।
जसमा १. हाईजेनिक,
२. भेजिटेरियन,
३. अग्र्यानिक र
४. हलाल रहेका छन ।
स्वदेश तथा विदेशका सम्बन्धीत निकाय, गुणस्तर प्रमाणिकरण कम्पनी, संघ संस्था र उद्योग, खाद्य सामाग्रीहरुसंग सहकार्य गरी स्वदेशीमा उत्पादित गुणस्तर प्रमाणित खाद्यवस्तुहरुको विश्वब्यापी प्रचार—प्रसार, बजार व्यवस्थापन एवं बिक्रि बितरण लगायत स्वस्थकर गुणस्तरीय उत्पादनलाई विश्वबजारमा पुर्याउने कार्य गर्नेछ ।

हाम्रा सेवाहरु ः

Ours Certification & Services:

Food Quality Certification Council

Hygienic Certification

Organic Certification

Vegetarian Certification

Halal Certification

Food Testing & Services

Food hygienic process & nutrition system

Hygienic Food International Services

Herbal, Organic, Veg. & Halal goods supply

Marketing of agricultural production

Hygienic Food Training & Awareness

Agro traininig for farmer

Food Expo/Road Shows

Agro Friendly Tourism Development Program

Check certificate expiry date

Message From HW-IHRCA

Human Development & affirmative attitude is outcome of pure food, so think a twice before the consumption of food. Invest your hard earn money to such hi-quality hygienic food that act as a medicine in daily life. The certification published to protect right for pure food & balance diet. It is based on basic religious standards of food safety. ..........

Upcoming Events

Hygienic Alliance

This site is under construction. We will go live soon…. Thanks for visiting    

Quality Food Event

This site is under construnction. We will go live soon

Hygienic Awareness

This site is under construnction. We will go live soon.

Our Clients

Videos